0
Gazal Of Ji Kim Sung 

खोज्ने गर्छु साथी हरेक राती राती 
बस्दा छत माथी हरेक राती राती

कल्पनामा डुब्ने बात जमानाको
हुन्थ्यौ बाजे नाती हरेक राती राती

वायुपंखी घोडा सगैँ चुम्थे गगन
गफ नाना भाती हरेक राती राती

चिन्ता थेन कुनै काम धामहरुको
राखी सबै थाती हरेक राती राती

खुशी हुदै चिच्याउथे रात थर्काएर
फुलाएर छाती हरेक राती राती

हासो देख्न सकेनछ सोच्छु काल पनी
रैछ पक्ष पाती हरेक राती राती

एक्लै हुदा आजभोली याद गर्छु दैव
हुदो रैन्छ जाती हरेक राती राती








For more update like Ji Kim Sung

Post a Comment

 
Top