0
Gazal Of Ji Kim Sung

पर्ख कुनै दिन बात गर्नु छ
भेटि एकै छिन बात गर्नु छ

धेरै भयो भेटघाट कुरा नभएको
एकान्तमा हिन बात गर्नु छ

बाचा गर्छु गल्ती गर्ने छैन अबदेखी
रिषाएकी किन बात गर्नु छ

आफुलाई त चार थरी कुरा आउदैन
मात्र दुई तिन बात गर्नु छ

फुर्सद मिलाउ साझ तिर भेट भएर
गर्दै खान पिन बात गर्नु छ


-Your Ji Kim Sung 
Click Here To Meet Me On Facebook

Post a Comment

 
Top