0
गत वर्षको एसएलसी परीक्षाको नतिजा विहीवार सार्वजनिक हुँदैछ । यो वर्षदेखि ८२ वर्षको एसएलसी इतिहासमा पहिलोपटक ग्रडिङ प्रणालीको आधारमा नतिजा सार्वजनिक हुन लागेको हो । यो प्रणाली अनुसार कुनै पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि डी भन्दा तलाको ग्रेड पाउँनेले कक्षा ११ पढ्न नपाउँने भएकोले फेल सरह नै हुनेछ ।
एसएलसीलाई नेपाली समाजमा निकै महत्व दिइन्छ । त्यसैले एसएलसी परीक्षाका बेला विद्यार्थी मात्र होइन अभिभावहरु पनि निकै तनाव र दबाबमा रहन्छन् । अझ उत्तर पुस्तिका चेक गर्ने शिक्षकहरुको अवस्था कस्तो हुँदो होला ? यो धेरैले जान्न चाहेको कुरा हो । वर्षेनी लाखौं विद्यार्थी सहभागी हुने एलएलसी परीक्षामा सहभागी विद्यार्थीहरुको सोंच र प्रस्तुति एउटै हुन्छन् भन्ने छैन । कतिसम्म भने परीक्षाको उत्तरपुस्तिकामा कापी जाँचकी सर,म्याडमहरुको नाममा याचनापत्र,प्रेमपत्र र कविता मुक्तक लेखेर पठाउँने विद्यार्थीहरु पनि धेरै हुने गरेका छन् ।
एसएलसी परीक्षामा विद्यार्थीहरुले लेखेका त्यस्ता याचनापत्र,प्रेमपत्र र कविता मुक्तकको स्क्रिन शट हामीलाई प्राप्त भएको छ । जुन यसप्रकार छन् :














Post a Comment

 
Top