0
Gazal Of Ji Kim Sung

न रावनको बनियो न रामको बनियो
बाच्न त बाचियो बिना कामको बनियो

भित्र भित्रै खोक्रो झनझन खोक्रो भईरहे
देख्नेहरुले देख्दा मात्र नामको बनियो

जुन संग टोलाई रहे न जुन आफ्नो भयो
दिनभरी भौतारिए न घामको बनियो

यतीका भो सहरको न सहरिया बने
पहिले झै न सोझो सिधा गामको बनियो

सबैमा मिठो सम्झना
-Your Ji Kim Sung



Post a Comment

 
Top