0
Gazal Of Ji Kim Sung
भेट भैरहदा बारम्वार बुझ्नै सकेन
कसरी बसेछ कुन्नी प्यार बुझ्नै सकेन
दायाँ बायाँ केही कुरामा वास्तै नभएर
याद आई हाल्ने लगतार बुझ्नै सकेन
बत्ती काहाँबाट आयो झिलीमिली देख्छु
जोडिए पछी दिलको तार बुझ्नै सकेन
घमण्डी थे तर अचेल उस्लाई भेटेपछी
हराएछ सबै अंहकार बझ्नै सकेन

Post a Comment

 
Top