0
Gazal Of Ji Kim Sung

तिमी परी जस्ती रैछ्यौ मेरो मन चोरी लाने
बर्षे झरी जस्ती रैछ्यौ मेरो मन चोरी लाने
खै के के भयो कुन्नी पैलो नजरै अडियो
जादु गरी जस्ती रैछ्यौ मेरो मन चोरी लाने
एक नजर परे पछी सधै आफ्नै बनाउ झै
डाफे चरी जस्ती रैछ्यौ मेरो मन चोरी लाने
जती बयान गरे पनी कमी मात्रै भैरहने
अकबरी जस्तै रैछ्यौ मेरो मन चोरी लाने

Please Add Me On Facebook

Post a Comment

 
Top