0
Gazal

कहिले हास्छे अनी रुन्छे अनेक गर्छे यार
नाना भाती सपना बुन्छे अनेक गर्छे यार
एक्लै हुदा के छ भन्न कहिल्यै आउदिन नचाहादा साथमै हुन्छे अनेक गर्छे यार
नजिस्केउ है मेरो दिमाग तात्तीराछ भन्दा
मात्तीदै झन ओठ छुन्छे अनेक गर्छे यार
यस्तो उस्तो नराम्रो बोल्नु भन्दा पहिले
उस्लेई मेरो मुख थुन्छे अनेक गर्छे यार
भेट्यो कि त बग्रिदै गाछौ Ji Kim भन्छे
खै काहा काहा बाट सुन्छे अनेक गर्छे यार
२०७३-०१-२५ गत्ते




Post a Comment

 
Top