गजल
घरमा बेको कुरा चल्यो भन तिमी कहिले आउछौ
भित्र भित्रै यो मन जल्यो भन तिमी कहिले आउछौ
भित्र भित्रै यो मन जल्यो भन तिमी कहिले आउछौ
संगै लाको मेरो मायाँ अझै फुल खेल्दैछ
अरुको चाही फल फल्यो भन तिमी कहिले आउछौ
अरुको चाही फल फल्यो भन तिमी कहिले आउछौ
मन पारेर बे गरेथी मेरी साथीले नि
उस्को घर धपक्कै बल्यो भन तिमी कहिले आउछौ
उस्को घर धपक्कै बल्यो भन तिमी कहिले आउछौ
बर्षौ बित्यो तिमी गाको छिट्टै आउछु भनी
कुर्दा कुर्दै यो ज्यान गल्यो भन तिमी कहिले आउछौ
कुर्दा कुर्दै यो ज्यान गल्यो भन तिमी कहिले आउछौ
गर्दिन बे अझै म त सानै छुनी भन्दा
भन्छन बाले बैश ढल्यो भन तिमी कहिले आउछौ
भन्छन बाले बैश ढल्यो भन तिमी कहिले आउछौ
मन परे Like, Comment र Share गर्न नभुल्नुहोलानी ।
-Your Ji Kim Sung
-Your Ji Kim Sung
Post a Comment