0
गजल

बिग्रेको छैन मती बा, क्यार्न चिन्ता अर्छौ
गर्छु भोली प्रगती बा, क्यार्न चिन्ता अर्छौ

साना तिना के खाईरहनु ठुला ठुला जागिर
मिल्छन कती कती बा, क्यार्न चिन्ता अर्छौ

जाबो करोडपती अरबपती म नि बनुलानी
एउटीको त पती बा, क्यार्न चिन्ता अर्छौ

तिमी त हौ त्यसपछी त खनखनी गन्ने
त्यो कमाएको जती बा, क्यार्न चिन्ता अर्छौ

- For More Details Click Here Ji Kim Sung

Post a Comment

 
Top