0
++++Gazal++++

बुझिन बुझिन मैले तिम्रो पारा बुझिन
टोकेर ओठ आखाँको ईशारा बुझिन

अध्यरोको जुनकिरी संग बाचेको मान्छे
तिमी रैछ्यौ आकाशको तारा बुझिन

आफ्नो स्वार्थमा नै एक्लै रुमल्ली रहदा
तिम्ले दिन खोजेको साहारा बुझिन

बुद्दु न हु लभ यू निड यू जस्ता अनेकौ
अनेक ती प्रेमका नारा बुझिन

एक थोपा मायाँको लागी मरिहत्ते गरे
संगै रैछ मायाँको रारा बुझिन

कसिङगर पर्यो कि भनि मुख धुदै बसे
छुटदा आफ्नै आशुका धारा बुझिन

प्रतिक्रियाको अपेक्षा राख्दछु ।




Post a Comment

 
Top