0
Gazal Of Ji Kim Sung

सम्झनाले सताएर फोन गरेको थे
तिम्रै तस्वीर हेरेर फोन गरेको थे

दिन हप्ता महिना बित्यो अत्तो पत्तो छैन
भेटन मन लागेर फोन गरेको थे

छोडी गए पनि अझै मेरो मायाँ उस्तै
तिम्रो प्यारले मातेर फोन गरेको थे

बोल्न त मन सधै लाग्थ्यो डर पनि उस्तै
आज चाहीँ एकफेर फोन गरेको थे

जसो पर्ला त्यस्तै टर्ला बरु गाली खाउला
यो मनलाई थामेर फोन गरेको थे



Post a Comment

 
Top