0
Gazal Of Sapana Ghimire

फेर्नु छ जिन्दगीको पाना फेर्नु छ।।
मनको इच्छा अनि चाहाना फेर्नु छ।।

पटक पटक उस्ले याद पठाईरह्यो
अब मेरो पुरानो ठेगाना फेर्नु छ ।।

उकाली ओराली भिरपाखा गर्दै
पानी चुहिने खरको छाना फेर्नु छ ।।

छाती भित्र दनदनी आगो सल्काई
मुटु बिना नै बाँच्ने जमाना फेर्नु छ ।।

हटाउनु छ कालो दाग इज्जत लुटेको
वर्षौ पहिले लगाएको नाना फेर्नु छ।।

सपना घिमिरे
दर्बुङ गोरखा
हाल काठमाडौं
२०७३/०३/०७



Post a Comment

 
Top