0
Gazal Of Ji Kim Sung

दिदि बैनि टाढा छन कठै जि किम सङ
सम्झिएरै रुन्छ मन कठै जि किम सङ

बर्ष दिनमा दिदि भाई चाड आउदा खेरी
पिडा दिन्छ झन झन कठै जि किम सङ

काठमान्डौमा हरेक ठाउँमा भिड भएपनि
जति खेरै एक्लोपन कठै जि किम सङ

सबलाई भुल्दा खुशी हुन्छ बरु सम्झियो कि
मुटु जल्छ दन दन कठै जि किम सङ

५७ थ्यो ५५ भो ५२ हुदै हरेक दिन
घटीराछ उस्को ओजन कठै जि किम सङ

यहि ठुलो शहर संग घुलमिल हुन खोज्दा
बिचमा आउछ जहिल्यै धन कठै जि किम सङ

मेरी प्यारी दिदिहरुको सम्झना । सम्पुर्ण दिदिहरुलाई रक्षा बन्धनको शुभकामना यो अभागी Ji Kim Sung को तर्फबाट ।




Post a Comment

 
Top