0

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

यस संस्करणको पहिलो 'रेड कार्ड' बंगलादेशका कप्तान जमाल बुयानले पाएका छन् ।


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । 
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० गोलले पराजित गरेको हो ।
बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा 
खेलको ११ औं मिनेटमा नेपालका सुनिलले बलले गरेको गोल नै निर्णायक बन्न पुग्यो । 
अब यसअघि नै फाइनल प्रवेश गरेको भुटानसँग नेपालले २४ गते फाइनल खेल्नेछ l

फाइनल खेल्ने भुटानलाई नेपालले यसअघि नै ४-० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २-१ गोलले पराजित गरेको थियो । 
फाइनलमा नेपाललाई पराजित गर्दै पहिलो सागमा स्वर्ण जित्ने अवसर भुटानलाई हुनेछ भने नेपाललाई लगातार फुटबलम दोस्रो स्वर्ण जित्ने अवसर छ ।
तीनमा जित र एकमा बराबर गर्दै नेपाल १० अंकसहित अंकतालिको पहिलो स्थानमा छ । 
संस्करणको पहिलो 'रेड कार्ड'
बंगलादेशका कप्तानसमेत रहेका ६ नम्बर जर्सीका खेलाडी जमाल बुयानले 'रेड कार्ड' पाएका छन् । यो १३ औं सागको पहिलो 'रेड कार्ड' पाएका छन् । 
उनले रेफ्रीमाथि नै हातपातको प्रयास गरेका थिए ।
साथै 
भिडियोमा नेपाली दर्शकले बिश्वकपको झल्को दिलाऊ।

Post a Comment

 
Top