0

नेपालद्वारा भुटान १४१ रनले पराजित, ज्ञानेन्द्र र पारसको उत्कृष्ट प्रदर्शन




नेपालद्वारा भुटान १४१ रनले पराजित, ज्ञानेन्द्र र पारसको उत्कृष्ट प्रदर्शन
काठमाडौं । १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १४१ रनको फराकिलो अन्तरले विजयी भएको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकको मद्दतमा २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ९५ रन मात्रै बनायो । नेपालका लागि पारस खड्काले सर्वाधिक दुई विकेट लिए । यस्तै करन केसी, पवन सर्राफ, ललित राजवंशीले समान एक–एक विकेट लिए ।
भुटानका लागि रञ्जुङ दोर्जीले सर्वाधिक २७ रन बनाए । भुटानले नेपालविरुद्ध पहिलो टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको हो । यसअघि उसले टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । त्यसैले भुटानका ११ खेलाडीले नै टि–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरे ।
ad
ad
ad
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो ।


नेपालका लागि ओपनरका रुपमा आएका ज्ञानेन्द्रले आक्रामक शतक प्रहार गरे । उनले ५५ बलमा १०७ रन प्रहार गरे । यस्तै पारस खड्काले २८ बलमा ५७, दिपेन्द्रसिँह ऐरीले २७ बलमा ४५ रन बनाए । नेपालका लागि टि–ट्वान्टी अन्तर्राष्ट्रियमा फास्ट बलर रासिद खानले डेव्यु समेत गरे । 

Post a Comment

 
Top