0

 

अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

  असार २०, २०७८ आइतबार 
Facebook
TwitterViberEmailPrintFriendlyhare
unn.prixa.net

काठमाण्डाै - अर्जेन्टिना कोपा अमेरिका फुटबलकाे सेमिफाइनलमा पुगेको छ । अघि बिहान भएको खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो मार्टिनेज र लियोनल मेस्सीले एक/एक गोल गरे । ४० औं मिनेटमा रोड्रिगोको गोलबाट अग्रता बनाएको अर्जेन्टिनाका लागि ८४ औं मिनेटमा मार्टिनेजले गोल गरे भने लियोनल मेस्सीले इन्जुरी समयको ९३ औं मिनेटमा फ्रि किकमार्फत गोल गरे ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल गर्ने अवसर पाए पनि चुक्दा इक्वेडर प्रतियोगिताबाट बाहिरिएको छ । अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ । यसअघि बिहानै भएको अर्को खेलमा कोलम्बिया उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।

निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Post a Comment

 
Top