नेपाली सेनाको श्री सिंहनाथ गण (कमाण्डो) बाढीग्रस्त क्षेत्रको उद्वारमा व्यस्त
नेपाली सेनाको श्री सिंहनाथ गण (कमाण्डो), शक्तिखोरद्वारा कालिका नगरपालिकाको वडा नं. १० र ११ को सिद्धिको बाढीग्रस्त क्षेत्रमा उद्वार कार्यमा खटिनुका साथै कालिका- न्युरेनी पुल अस्थायी रूपमा निर्माण गराई पैदल यातायातमा सहजता ल्याएको छ । सेनाको टोलिले १७ गत्ते बिहान देखि कालिका-१० को तिनदोभान बजार तथा आसपासका क्षेत्रमा पुगि बाढी तथा पहिलोग्रस्त घरहरुबाट सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै खोलाको बिचमा परेका कामदार हरुलाई सुरक्षीत स्थानमा ल्याउने काम गरेको थियो । तिनदोभान बजार नजिकैको कयरखोलामा ढुङ्गा हालेर अस्थायी रूपमा खोलालाई मुलधार तर्फ फर्काउने काम समेत सेनाले गरेको थियो ।
त्यस्तै कयर खोलाको बाढीले क्षती पुर्याएको कालिका- न्युरेनी पक्की पुललाई पनि अस्थायी रूपमा सेनाले सञ्चालनमा ल्याएको छ । नपाली सेनाको सिंहनाथ गणका सेनाहरुले सो पुलमा बाँसको पुल बनाई पैदल आगमनलाई सुचारु गराएका हुन । हिजोको बाढीले सो पुलको डाईभर्सन बगाँउदा कालिका वडा नं.८ को न्युरेनी, देवीटार, अजिङ्गरे गाउँमा यातायात सम्बन्ध टुटेको थियो ।
फाेटो फिचरः
good job
ReplyDeleteअति राम्रो काम गर्यो कमाण्डोले
ReplyDeleteCommando
ReplyDelete